राजस्थान रोयल्ससँग कोलकाता नाइटराइडर्स पराजित

517
views

काठमाडौं, १३, वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्ससँग कोलकाता नाइटराइडस ३ विकेटले पराजित भएको छ ।

कोलकाताले राजस्थान रोयल्सलाई १७६ रनको लक्ष्य दिएको थियो । राजस्थानले सो लक्ष्य १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । राजस्थानको जितमा अजिक्य रहाणेले ३४ र जोफ्रा आर्चरले २७ रन योगदान गरे ।

कोलकाताका लागि पियुष चावलाले तीन र सुनिल नरेनले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।

कप्तान दिनेश कार्तिकले नविजित ९७ रन बनाए । उनले ५० बलमा सात चौका र नौ छक्का प्रहार गरे । ओपनर क्रिस लिनले खाता नै खोल्न सकेनन् ।

राजस्थानका लागि वरुण एरोनले दुई विकेट लिए । यो जितसँगै राजस्थान अंक तालिकामा सातौं स्थानमा पुगेको छ । कोलकाता आठ अंकका साथ छैठौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न यी दुवै टिमले बाँकी तीन÷तीन खेल पनि जित्नुपर्नेछ ।