श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्यामा त्रुटि

936
views

वैशाख १३ गते । श्रीलंकामा गत आइतबार भएका शृंखलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २५३ रहेको छ । त्यहाँको सरकारले  १०० भन्दा बढी मृतकको संख्या घटाएको छ ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले विस्फोटमा परेर मृत्यु हुनेको संख्या गणनामा त्रुटि भएको भन्दै लगभग २५३ जनाको मात्र मृत्यु भएको जनाएको हो । श्रीलंकाको राजधानी कोलम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकारीले होटल तथा चर्चलाई निशाना बनाएर आक्रमण गरेका थिए । विस्फोटमा सयौं मानिस घाइते भएका थिए ।

श्रीलंकामा भएका ९ वटा विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विस्फोटमा संलग्न ९ जनाको फोटो सार्वजनिक समेत गरेको छ । तीमध्ये आठ हमलाकारी श्रीलंकाली नागरिक नै भएको दाबी अधिकारीहरुले गरेका छन् । विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।