चीनले नेपाललाई १६ अर्ब ८० करोड सहयोग गर्ने

714
views

काठमाडौं । चीनले नेपाललाई एक अर्ब युआन अर्था १६ अर्ब ८० करोड रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्ले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले समेत सो जानकारी गराईसकेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा छिन् । राष्ट्रपतिको चीन भ्रमणका क्रममा नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

गुणस्तरसम्बन्धी विषयमा सहयोग सम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने प्रवक्ता बास्कोटाले जानकारी दिए । साथै दुईदेशबीच सांस्कृति आदानप्रदान र चोनी निकासी नियन्त्रण सम्बन्धि पनि सम्झौता हुनेछ ।