नेपालमै पहिलोपटक प्रथम डिन कपआजबाट शुरु

743
views

पोखरा । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको आयोजनामा नेपालमा नै पहिलोपटक स्वास्थ्य सेवा तथा कार्निभल तथा प्रथम डिन कप २०१९ आजबाट सुरु भएको छ ।

प्रथम डिन कपको उदघाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले यस्ता खालका कार्यक्रमले विद्यार्थी लगायत अस्पतालाई सहयोग पुग्ने बताए ।

अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो आजदेखि १९ गतेसम्म मिनी ओलम्पिकको नाममा आयोजना हुने कार्यक्रमहरुमा म्यराथुन, फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, टेबलटेनिस प्रतियोगिता लगाएत विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने संयोजक डा.राम मण्डलले जानकारी दिए ।

मण्डलका अनुसार क्रिकेट प्रतियोगिता नगर विकास तथा रंगशाला र फुटशल प्रतियोगिता भाटभटेनीको माथिल्लो तलामा रहेको स्काई स्पोर्टसमा हुने छ । प्रतियोगितामा विजेताहरुलाई ट्रफी तथा मेडल प्रदान गरिने समेत उनको भनाई रहेको छ ।

यो संगै वार्षिकोत्सवका अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।