काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अन्तराष्ट्रिय श्रमिक दिवस १३० औं मजदुर दिवसको अवसरमा देश विदेशमा रहेका नेपाली श्रमजिवि दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखि अमेरिकाको शिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको यस अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
सोही दिनमने स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तराष्ट्रिय श्रमिक दिवस मनाईदै आइएको ।
तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको योगदानको उच्च मुल्यांकन तथा सम्मान गर्दछु । राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि रोजगारी र श्रम सम्बन्धी अधिकारको महत्वपूर्ण भूमिका रहेको छ ।
शुभकामना वक्तव्यमा उनले भनेका छन् नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्यलाई परिणाममुखी बनाउन श्रमिकहरुको महत्वपूर्ण योगदान रहन्छ । साथै यसबाट प्राप्त हुने उपलब्धीबाट पनि श्रमिक वर्ग प्रत्यक्ष लाभान्वित हुनुपर्दछ ।