हावाहुरी पीडितलाई गण्डकी विकास बैंकको सहयोग

753
views

विरगञ्ज । गण्डकी विकास बैंक लिमिटेडले बारा र पर्सा जिल्लामा आएको हावाहुरी र असिनापानीबाट प्रभावितहरुलाई आर्थिक सहयोग गरेको छ ।

पीडित व्यक्ति तथा परिवारलाई राहत पुगोस् भन्ने हेतुले दुईलाख नौ हजार नौ सय त्रियासी रुपिया को चेक जिल्ला विपद व्यवस्थापन समितिको खातामा जम्मा हुनेगरि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई उपलब्ध गराएको छ ।

सो रकम गण्डकी विकास बैंक विरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले सो घटनामा पीडितको सहयोगको लागि “बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामक खाता सञ्चालन गरि उक्त रकम संकलन गरेको थियो

बैंकले उक्त रकम आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रु. एकलाख र अन्य कर्मचारी तथा ग्राहकहरुबाट रु एकलाखख ९ हजार नौसय ८३ रुपैयाँ संकलन गरी हस्तानान्तरण गरेको थियो ।