कैलालीमा आँपको रुख काट्ने क्रममा एक जनाको मुत्यु

574
views

कैलाली । कैलालीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरका लवाई प्रसाद डगौराका २४ बर्षीय छोरा राजु डगौरा रहेका छन ।

राजु डगौराको आँपको रुख काट्ने क्रममा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आँपको रुख काट्ने क्रममा च्यापिएर घाइते भएका डगौरलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।