भीरमौरीको महले सातजना बिरामी

1210
views

धादिङ, २२, बैशाख । भीर मौरीको मह खाँदा सातजना बिरामी भएका छन् । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खाँदा ७ जना बिरामी परेका हुन् । बिहान साढे नौ बजेतिर मह खाएकाहरु बिरामी भएपछि स्वास्थय चौकी लगिएको छ ।

मह खादाँ सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ । मह खादाँ मोक्ता लामा तामाङ, हिमाल बिक, लालु बिक, सुष्मा तामाङ, मि लामा तामाङ बिरामी परेका छन् । केही विरामीको स्वास्थ्य बिन्दु बोराङमा उपचार भइरहेको जनाइएको छ ।