खानेपानी माग्दै धरानवासीको गाग्री आन्दोलन

1200
views

धरान । धरानका स्थानीयवासी खानेपानी माग्दै आन्दोलित बनेका छन् । उपमहानगरपालिकाले एक अर्ब ७७ करोडको खानेपानी आयोजना सम्पन्न गर्न ढिलाइ भएको भन्दै धरानवासीहरु खानेपानी माग्दै आन्दोलित भएका हुन् ।

अहिले स्थानीयका घरमा जडान गरिएका धारामा खानेपानी आएको छैन् । खानेपानी नआएपछि स्थानीयले उपमहानगरपालिका विरुद्ध नारावाजी गर्दै जर्किन र गाग्रीसहित विरोध प्रर्दशन गरेका हुन् ।

धरानका १, २, ३, ५, ७, ८, ९, १०, ११, १३, १५, १८ लगायतका वडाहरुबाट स्थानीय वासिन्दाहरु ग्रागी र जग लिएर धरान उपमहानगरपालिकामा धर्ना दिएका हुन् । स्थानीयवासीले ‘जीवनका लागि पानी देऊ’ भन्ने नाराबाजी गरेका छन् ।

करौडौं रुपैयाँ आर्थिक अनियमितता भएको भन्दै छानविन गरी दोषीलाई कार्वाही गर्न माग ।

धरान १९ का धनकुमार राईले धरान खानेपानी आयोजनाको काममा करौडौं रुपैयाँ आर्थिक अनियमितता भएको भन्दै छानविन गरी दोषीलाई कार्वाही गर्न समेत माग गरेका छन् ।

धरान उपमहानगरले एशियाली विकास बैंक (एडिबी) को एकअर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम सुरु गरेको थियो । २०१७ डिसेम्बर सम्ममा आयोजनाको काम सम्पन्न गर्नुपर्ने भएपनि आयोजनाको काम सम्पन्न भएको छैन् ।