विन्ध्यवासिनीमा विश्व रेडक्रस दिवस

744
views

पोखरा, २५, वैशाख । विश्व रेडक्रस दिवसको अवसर पारेर विन्ध्यवासिनी मा.वि वाटुलेचौरका विद्यार्थीले सचेतना सहित प्राथामिक उपचारका लागि कोष संकलन गरेका छन् ।

रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्विरमा माल्र्यापण गरी शुरु गरिएको कार्यक्रममा १८ हजार ५ सय ६५ रुपैैयाँ कोष संकलन भएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख महेन्द्रमणि पौडेलले जानकारी दिए ।

संकलित रकम मध्ये १५ हजार ५ सय कोषमा जम्मा गरिएको र वाँकी रकम भैपरी आउने प्राथामिक उपचारका लागि औषधी खरिद गर्ने शिक्षक नायक खेमराज पौडेलले बताए ।

युवा रेडक्रस सर्कलको सक्रियतामा भएको कार्यक्रममा १५ जना विद्यार्थी विभिन्न समुह बनाएर वाटुलेचौर आसपासको क्षेत्रमा पुगेका थिए ।