पाल्पामा भेटियो प्राकृतिक ग्याँस

683
views

तानसेन । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा प्राकृतिक ग्याँस निष्केको छ । सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको हो । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किेपछि सबै अचम्मित भएका छन् ।

स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको थियो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय राजकुमार पन्थीले बताए ।

जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको थियो, आगो बलेपछि ग्याँस हो भन्ने अनुमान गर्यौं पन्थीले भने ‘ग्याँस हो भन्ेपछि हेर्नेहरुको भीड लागेको छ ।’