नयाँ प्रजिअलाई स्वागत तथा दलका प्रतिनिधीबीच अन्तरक्रिया

684
views

सिताराम थापा
बागलुङ । जिल्लामा कामु प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल बिचैमा सरुवा भएर काठमाण्डौ अध्यागमन गएपछि नयाँ प्रजिअमा लुकबहादुर क्षेत्रीलाई जिल्लामा राजनीतिक दल, जिल्ला समन्वय समिति सरोकारवाला निकायहरु र नागरिक समाजले बिदाई र स्वागत गरिएको छ ।

यसैबिच बागलुङ जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित अन्तक्र्रिया भएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधीहरुले स्वागत प्रमुख जिल्ला अधिकारी क्षेत्रीलाई जिल्लाको शान्ति सुरक्षा, विपद व्यवस्थापन, उद्धार कार्य, दुर्गम क्षेत्रका जनताहरुलाई छिटो छरितो सेवाप्रवाह गर्न, विकास निर्माणका कार्यहरुलाई तीब्रता दिन जिल्लामा क्रियाशील राजनीतिक दलहरुसंग समन्वय गरी कार्यगर्न आग्रह गर्दै सबै राजनीतिक दलहरुको भूमिका सकारात्मक रहने विश्वास ब्यक्त गरेका थिए ।

अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधीको सुझाव ग्रहणपछि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी क्षत्रीले सबै क्रियाशील राजनीतिक दलहरुसंग समन्वय गरी प्राप्त सुझावको आधारमा जिल्लाको शान्ति सुरक्षा व्यवस्था, राहत व्यवस्थापन, जिल्लाको विकासका लागी सहकार्य समन्वय गर्ने प्रतिवद्धता जनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रमम नेकपाबाट जिल्ला सचिव ज्ञामनाथ गरै र सदस्य लालबहादुर थापा, नेपाली काँग्रेसबाट सभापति दीपेन्द्र बहादुर थापा, राजमोका अध्यक्ष अमर थापा, राप्रपाबाट नवीन सर्वुजा मगर, लगायतले सुझाव दिएका हुन। सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा थप जानकारी दिए ।

यसैवीच नवागन्तुक प्रमुख जिल्ला अधिकारी क्षेत्रीलाई जिल्ला समन्वय समिति बागलुङले पनि एक स्वागत कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । आज नै अफिसर्स क्लब बागलुङले प्रजिअ क्षेत्रीको सम्मानमा एक स्वागत कार्यक्रमको आयोजना गरेको छ ।

अफिसर्स क्लकका अध्यक्ष तथा प्रमुख जनस्वास्थ्य प्रशासक दीपक तिवारीको अध्यक्षता सम्पन्न स्वागत कार्यक्रममा बोल्दै नवागत प्रजिअ क्षैत्रीले क्लले स्वागत र बिदाई कार्यक्रमका साथै अन्य रचनात्मक कार्यहरु गर्न सुझाएका थिए ।

अफिसर्स क्लबको कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, बागलुङ नगरपालिकाका शिक्षा प्रमुख डण्डपाणी शर्मालाई पनि स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा अफिसर्स क्लबका सदस्य तथा प्रशासकीय अधिकृत केशव लामिछाने, सल्लाहकार डा सागर राजभण्डारी, यातायात व्यवस्था कार्यालयका लेखाधिकृत देव शर्मा, उच्च अदालत सरकारी वकिल कार्यालयका टेकनाथ सुवेदी, घरेलु तथा सानाविकासका प्रमुख रामप्रसाद पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षा विकास तथा समन्वय ईकाईकी सूचना अधिकारी सरीता शर्माले स्वागत कार्यक्रमको सन्चालन गरेकी थिईन् । यसै गरि जिल्लाको अन्य नमगरिक सकाजका प्रतिनिधिहरुले पनि स्वागत गरिरहेको नागरिक संस्थाहरुले बताएका छन ।