महाशिलामा कृषि क्रान्ति, एक घर एक टनेल

902
views

निर्मल पौडेल
पर्वत २५, वैशाख । पर्वतको महाशिला गाउँपालिकाले एक घर एक टनेल कार्यक्रमको अवधारणा ल्याएको छ । गाउँपालिकालाई तरकारीमा निर्भर बनाउने उद्वेश्यले लक्ष्य लिएको छ । एक घर एक टनेलको अवधारणा ल्याएको गाउँपालिकाले हरेक वडाहरुमा टनेल समेत वितरण गरिसकेको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वार्ड नं ५ लुङ्खुका वार्ड अध्यक्ष जीवन उच्चै ठकुरीले अहिलेसम्म गाउँपालिका सवै वडाहरुमा १२ सय ५० वटा टनेल वितरण भैसकेको बताए । वार्ड नम्वर ५ लुङ्खुमा २ सय ५० वटा वितरण गरिएको र अन्य वडावासीलाई पनी छिट्टै वितरण गर्ने ठकुरीले वताए ।

गाउँपालिकाको रु ३० लाखको लागत तथा योजनामा हरेक घरधुरी लाई टनेल वितरण हुने भएको हो । कृषीलाई व्यावसायिक वनाउने र तरकारीमा परनिर्भरता हटाई व्यावसायिक कृषीबाट समृद्ध महाशिला बनाउने योजना सहित यो कार्यक्रम ल्याईएको प्रवक्ता ठकुरीको भनाई छ ।

पहिले टनेल महाशिलाको केन्द्र लुङ्खु देउराली वजारमा अहिले सम्म स्याङ्जाको घण्टे देउराली वजार र जिल्लाका अन्य वजारहरुवाट तरकारी आयत हुँदै आएको छ ।

यो योजनाले सार्थकता पाए गाउँपालिका तरकारीमा निर्भर संगै आयत होईन प्रशस्त मात्रमा निर्यात हुने सम्भावना देखिन्छ । महाशीलामा चिसो हावापानी र उर्वर खेतीयोग्य जमिनका कारण जुन खेती गर्दापनी राम्रो उत्पादन हुने कृषि प्राविधिकको भनाई रहेको छ ।

आर्थिक बर्ष २०७५–७६ मा गाउँपालिकाको तेस्रो सभाले एक घर एक टनेल अभियान संचालन गर्न टनेल खरिदको लागि रु।३० लाख छुटाएको थियो ।

महाशिला गाउँपालिकाका ६ वटै वार्डका १ हजार ७ सय ७० घरधुरी रहेका छन् । कृषकहरुका समस्या समाधान गर्नको लागि गाउँपालिकाले महाशिला स्वयंसेवक विकास कार्यक्रम अन्तर्गत कृषि प्राबिधिक गाउँगाउँमा खटाएको छ ।

कृषको घरघरमा पुगेर बिउ,मल र माटोको बारेमा बेलाबेलामा कृषकहरुलाई प्राविधिक ज्ञान सिकाउदै आएको कृषि प्राबिधिक आशादेवि शर्माले बताइन् ।

स्थानीयले गाउँघरमै पाइने बाँस र काठबाट टनेल बनाएका छ्न । स्थानीय कृषक रामबहादुर हमालले खुसी हुँदै भने “पालिकाले टनेल र बिउ दिएको छ, प्राबिधिक ज्ञान पनि सिकाएको छ, अब तरकारी उत्पादनमा वृद्धि गरि व्यवसायीक बन्ने योजना बनाएको छु ” ।

अर्का कृषक धनकुमारी बिकले भनिन “घरमा कृषि प्राविधिकहरु आइरहनुहुन्छ धेरै कुरा सिकाउनुहुन्छ,गाउँपालिकाले बेलाबेलामा तालिम दिएको छ, तरकारी उत्पादनमा सजिलो भएको छ” । गाउँपालिकाले निशुल्क रुपमा पलाष्टिक टनेल सहयोग गरेपछि कृषकहरु खुशी भएका छन् ।