एशियाली सभ्यता संवाद सम्मेलन बेइजिङमा सुरु

1410
views

काठमाडौं । विश्वमा रहेका कुनै पनि सभ्याता अरु सभ्याताभन्दा ठूलोभन्ने हुँदैन भन्दै एशियाली सभ्याता संवाद सम्मेलनका आयोजक राष्ट्र चीनका राष्ट्रपति सि जिन फिङले उद्घाटन सम्बोधन गरेका छन् । विश्वमा अहिले सभ्याताको लडाइँ चलिरहेको र अमेरिकाले यसैलाई एक विश्व ब्रह्मास्त्रका रुपमा प्रयेग गर्ने गरिरहेको सन्दर्भमा राष्ट्रपति सिले यो मन्तव्य व्यक्त गरेका हुन् ।

उनका अनुसार विश्व ‘छालाको रङ र भाषा’का कारणले केही भिन्द देखिए पनि जुन सभ्याता जहाँबाट विकास भए पनि आखिर मानव सभ्यता नै हुन् र ती एकअर्कामा कुनै ठूलो र कुनै सानो हुन सक्दैनन् ।

सम्बोधनका क्रममा सिले विश्वका अरु सभ्याताहरु जस्तै सुन्दर एशियाली महादेशले पनि आफ्नो क्रमिक रफ्तारमा सभ्याताको पहिचान दिंदै गइरहेको कुरामा जोड दिए । उनले एशियामा हजारौं जाति तथा आदिवासीहरुको बसोबास भएकाले पनि यो कुराको पुष्टि हुने गरेको भन्दै एशियाली देशका यी सबै वासिन्दाहरुका पूर्खाहरु सन्तान दरसन्तानसम्म यसै भूमिमा बाँचेको र हुर्किएको बताएका छन् ।

चीनको ग्रेटवाल जत्तिकै पुरानो इतिहास बोकेको भारतको ताजमहल र एशियामा रहेका अन्य प्राचिन स्मारकहरुले हाम्रो पूख्र्यौली थलो यही रहेको र हजारौं वर्षदेखि बसोबास गर्दै आएको कुरामा राष्ट्रपति सिको जोड रहेको थियो ।

एशियामा धेरै काम र सोचहरु साझा रहेको उल्लेख गर्दै राष्ट्रपति सिले नाटक, संगीत, साहित्य, पेन्टिङ र स्मारकहरु निर्माणमा साझापन र एकअर्कामा सौहाद्र्रपूर्ण सहयोग रहँदै आएको कुरा पनि उल्लेख गरे ।

उनका अनुसार अब एशियाली सभ्याताले क्रमशः गति लिइरहेको, बदलिंदो समय सापेक्षतामा आफूलाई विकास गरिरहेको र अगाडि बढिरहेको कुरामा जोड दिंदै एकताबद्ध भई समग्र एशियाकै नयाँ गौरवका रुपमा यसलाई गति दिनुपर्ने कुरामा जोड दिए ।

शान्ति र विकासलाई द्वन्द्व र युद्धहरुले बारम्बार हस्क्षेप गर्ने र मार पुर्याउने गरिरहेकाले अब एशियाली सभ्याता एक अर्कामा मैत्रीपूर्ण सोच र सम्बन्धहरुको विकास गर्दै एकताबद्ध भएर जानुपर्ने कुरामाथि सिले प्रकाश पारेका थिए ।

‘एक बेल्ट एक बाटो’ को अवधारणलाई राष्ट्रपति सीले घुमाउरो तरिकाले सभ्याताहरु जे थिए त्यसैमा रहँदैनन् बरु बदलिंदो देश, काल र परिस्थिति अनुसार सिर्जनात्मक विकास गर्दै जान्छन् भन्दै यस्तो सभ्याता संरक्षणमा सबैको हात र साथ एक ठाउँमा रहे एशियाली सभ्यातालाई कसैले पनि चुनौति दिन नसक्ने कुरामा जोड दिए ।

यसका लागि उनले अहिलको भन्दा राम्रो समझदारी कायम गर्दै एकअर्कालाई साथ र सहयोग दिएर जानुपर्ने औंल्याए । उनका अनुसार कुनै पनि सभ्याता बलपूर्वक थोपरिन हुँदैन । त्यो आमरुपमा मान्य र स्वीकार्य पनि हुँदैन ।

उनका अनुसार विगतदेखि वर्तमानसम्म चीनले बारुदको आविष्कार, छापाखानाको आविस्कार, खगोलिकी आविष्कार तथा जनताकेन्द्रीत विचार निर्माणमा अद्वितीय भूमिका निर्वाह गर्दै आएको छ । हालसम्म विकास भएको चिनियाँ सभ्याता समग्र एशियाली सभ्याताहरुको सहयोगी र परिपूरक रहेको कुरामा जोड राष्ट्रपति सिको जोड थियो ।

पश्चिमा रणनीतिका विश्लेषक स्यामुअल हन्टिङटनले विश्व अब सभ्याताको युद्धमा जाँदै गरेको र सभ्याताको जीतहारमा टुंगिएर फेरि नयाँ विश्व व्यवस्था कायम हुने भनी गरेको विश्लेषण अमेकिी शासकहरुका लागि खुराक बनिरहेको छ । हन्टिङटनको सभ्याताको युद्धमा धार्मिक युद्धलाई बढी जोड दिइएको छ र त्यसमा क्रिश्चियानिटीलाई अरुभन्दा ठूलो सभ्याताको रुपमा चित्रित गरिएको छ ।

तथापि हन्टिङटनको सोचमा क्रिश्चियानिटीका धेरै चुनौतीहरु छन् जसमध्ये उदाउँदो एशियाली देश चीनले गरेको आश्चर्यजनक विकास र वुद्धिज्मको नेतृत्व पहिलो चुनौती हो भनेका छन् । त्यसका लागि क्रिश्चियन सभ्याताले हिन्दु, वौद्ध र स्लाम गरी यी तीन धार्मिक सभ्याताका बीचमा आपसी द्वन्द्व, लडाइँ र हस्तक्षेपको वातावरण सिर्जना गरिरहनु पर्छ भनी सुझाएका छन् ।

तर अहिले चीनले आपसी द्वन्द्व नभई एकअर्काका परिपूरकका रुपमा सभ्यताहरुलाई बढाउनु पर्ने र कुनै पनि सभ्याता अर्को सभ्याताभन्दा ठूलो वा सानो हुन नसक्ने कुरामा जोड दिंदै एशियाली सभ्याता सम्वाद सम्मेलनको आयोजना गरेको छ ।