रुपन्देहीमा गोली चल्यो, घाइतेलाई भारतीय प्रहरीले लग्यो

759
views

भैरहवा । रुपन्देहीको शंकरपुर नाकामा बिहीबार दिउँसो गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

‘प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक भएको जनाइएको छ । आक्रमणमा ३ जना प्रहरी धाइते भएका छन् ।

पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी हुन् । स्रोतका अनुसार घाइते पक्राउ परेका धोबीका भतिज दिलिप हुन् ।