ठूलो भूकम्पको भविष्यवाणी गर्ने क्षेत्री प्रकाउ

773
views

काठमाडौं । आफुलाई ज्योतिष विद्याको ज्ञानी भएको भन्दै भूकम्प आउने भविष्यवाणी गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेका छन् । क्षेत्रीलाई मंगलबार महानगरीय प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार विभिन्न अन्तर्वार्तामार्फत् अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले विभिन्न युटुब च्यानलमार्फत् छिट्टै भूकम्प आउने दाबी गर्दै गरेका थिए ।