दिगो विकासका लागि युवाको खोजी

703
views

महेन्द्र जिसी
पर्वत । दिगो विकासका लागि युवाको खाजी हुन थालेको छ । विकास दिगो हुनुपर्छ, दिगो विकासका लागि भावी पुस्ताले जानकारी पाउनुपर्छ र त्यसको नेतृत्व लिनुपर्छ भन्ने ध्येयका साथ कुश्मामा दुई दिने दिगो विकास लक्ष्य प्राप्तीका लागि युवा पुस्ताको भुमिका विषयक दुई दिने कार्यशाला शुरु भएको छ ।

एक वर्ष निर्माण गरेर अर्को वर्षमा भत्काउने विकास देशको व्ययभार बढनु मात्रै भएको भन्दै पुर्वाधार निर्माणलाई मात्र विकास भनिदैन, विकास वातावरणीय र पर्यावरणीयसँग भाविपुस्ता अनुकुल पनि हुनुपर्ने विषयलाई मान्यता राख्दै युवाहरुलाई विकासमा लागाउन र मुलुकको विकासमा युवा पुस्ताको सभागिता बढाउन कुश्मा नगरपालिका र जिल्ला युवा समितिको कार्यालयको सहकार्यमा कार्यशाला शुरु भएको हो ।

पछिल्लो समय युवाहरुमा देश प्रति बढेको विर्कषण र वैदेशीक रोजगारको आर्कषण न्युन गर्दै स्थानीय तवरमै सम्भावना खोजी अगाडी बढाउन विकासमा युवाहरुको भुमिका बढाउन सो कार्यक्रमको आयोजना गरिएको युवा समितिका प्रमुख राजेन्द्र बहादुर क्षेत्रीले बताए ।

कार्यक्रमको कुश्मा नगरपालिकाकी उप प्रमुख सीता काफ्ले लामीछानेले उद्घाटन गरेकी थिईन् । उनले सबै युवाहरुमा देश बनाउने क्षमता भएको र यसमा युवाहरुलाई अवसर दिलाउन अबको खाँचो रहेको बताईन् ।

दुई दिनसम्म सञ्चालन रहने कार्यक्रममा कुश्मा र फलेवास नगरपालिका र मोदी गाउँपालिकाका किशोर किशोरीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा युवाहरुलाई देशले अवलम्बन गरेको शहश्राब्दी दिगो विकास लक्ष्य र यसका प्रभाव सञ्चालनका अभियान लगायतका बारेमा जानकारी गराईने भएको हो ।

कार्यक्रमका प्रशिक्षक ओम चापागाईले युवा पुस्ताहरुका देश मै सम्भावना खोज्ने बातावरण बनाउन र सरकारले सञ्चालन गरेका विकासका लक्ष्यमा सहभागिता बढाउन कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा दलित संघ जिल्ला अध्यक्ष याम परियारले विकासमा युवा सहभागिता आवश्यक रहको भन्दै स्थानीय तवरबाटै योजना छनौट र विकासका गतिवधिहरुमा युवाहरुको प्रतिनिधित्व गराउनु पर्ने बताए ।

२२ हजार युवा वैदेशीक रोजगारमा रहेको पर्वतमा युवा लक्षीत कार्यक्रममा जन प्रतिनिधिहरुले हाली मुहाली गर्नु गलत रहेको कार्यक्रमका सहभागिहरुको टिप्पणी रहेको छ ।

छलफलमा कुश्मा नगरपालिका सामाजीक विकास संयोजक शिव पौडेलले सरकारले गरेका गतिविधिहरुलाई सकरात्कम दृष्टिले हेरेर सम्भावना खोज्दै अगाडी बढेमा समृद्धि सम्भव रहेको बताए ।