सिरहाको अधिकांस सरकारी कार्यालयमा सेवाग्राहीबाट घुस

614
views

महेश सिंह महतो,
सिरहा, २४ जेष्ठ । सिरहा जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन आउने सेवाग्राहीले घुस नदिए कामै नबन्ने अबस्था देखिएको छ । सिरहा, जिल्ला समन्वय समितिका एक इन्जिनियर, कल्याणपुर नगरपालिका लगायतका कार्यालयका आधा दर्जन कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

सिरहाको १७ स्थानीय तह मध्ये १० बढी पालिकामाथी अख्तियारमा उजुरी परेको छ । सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको हो ।

सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भईरहेको अवस्था देखिएको सर्तकता केन्द्रले गरेको अध्ययनले देखाएको छ । उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता रहेको सिरहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले सार्वजनिक भएको हो ।

घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा आधा दर्जन कर्मचारीलाई पक्राउ समेत गरेको छ ।

सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा असन्तुष्टि पनि चर्को रहेको सतर्कता केन्द्रले गरेको अध्ययनको निष्कर्षले देखाएको छ ।