कैलालीमा हावाहुरीको वितन्डा, दुई जनाको मृत्यु

680
views

टीकापुर । गएराति आएको भिषण हावाहुरीका कारण कैलालीको टीकापुरमा एकजनाको मृत्यु भएको छ भने कयौं घरका छाना उडाएका छन् । हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका ५१ वर्षीय लहानु चौधरीको मृत्यु भएको हो ।

घाइते चौधरीलाई उपचारका लागी नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक चौधरीको शव टीकापुर अस्पतालमा राखिएको छ । बिहीबार साझँ आएको हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।

हावाहुरीमा परी घाइते भएका ४० जनाभन्दा बढीको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हावाहुरीले टीकापुर नगरपालिकाको विजयनगर, शक्तिनगर, एकतापुर लगायतका सुकुम्बासी बस्तीका सयौं घरको छाना उडाएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।