बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

477
views

हेटौँडा २, असार । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नं को दिवासेवाको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान बस दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते एक महिलाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन् ।