विद्यालयमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतना

1319
views

पर्वत । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका वडा नं.६ स्थित शिवालय माध्यमिक विद्यालयमा सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वत तथा विद्यालयको सहकार्यमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लागु औषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा लागु औषध बिरुद्ध सचेतना तथा नियन्त्रण, डायल १०० जस्ता विषयबस्तुहरुमाथी प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले प्रशिक्षण दिएका थिए ।

उनले समाजमा लागु औषध दुव्र्यसनिजस्ता क्रियाकलाप निर्मुल पार्नको लागि विद्यार्थीहरुको महत्वपुर्ण भूमिका हुने भएकोले यस्ता क्रियाकलापलाई निरुत्साहित पार्न समाज र प्रहरीसंगको सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिएका थिए ।

विद्यालयका प्रधानाध्यापकको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलको आतिथ्यता, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतका प्रहरी सहायक निरीक्षक पुर्णिमा थापा, शिक्षक, शिक्षिका तथा एकसय भन्दा बढी विद्यार्थीहरुको सहभागितामा कार्यक्रम गरिएको प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिए ।