संसद बैठकमा ६ मन्त्रालयका बजेटबारे छलफल हुने

441
views

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिदैछन् । आजको बैठकमा विभिन्न छ मन्त्रालयका बजेटबारे छलफल हुने कार्यसूचिरहेको छ ।

संसद सचिवालयका अनुसार आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले सांसदका जिज्ञासाको जवाफ दिनेछन् ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रीले पनि विनियोजन गरिएको बजेटमा जवाफ दिने कार्यसूचि छ । मन्त्रीहरूले जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रियामा जानेछ ।

विनियोजन विधेयक असार मसान्तसम्ममा पारित भइसक्नु पर्नेछ । बजेटका अन्य आश्रित विधेयक भने क्रमशः पारित हुनेछन् ।