रेडक्रस ऐनको मस्यौदा समितिमा–दास

920
views

काठमाडौं । २०७६ साल साउन मसान्तभित्र रेडक्रस ऐनको मस्यौदा तयार गर्न समाजसेवी डा. गौरीशंकरलाल दासको संयोजकत्वमा रेडक्रस ऐन मस्यौदा तयारी समिति गठन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यहरु प्रा. सुदर्शनप्रसाद नेपाल, सुरेन्द्र सिं ऐर, मनोजकुमार थापा,सूर्यचन्द्र न्यौपाने, केन्द्रीय सदस्य, राजदेव यादव सो समितिका सदस्यहरु हुनुहुन्छ ।

त्यस्तै, कास्की रेडक्रस सभापति डोलराज पाण्डे, नेरेसोका पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त र केन्द्रीय सभासद् लुना सुबेदी ढुङ्गाना पनि समितिमा सदस्य रहनुभएको छ । समितिको सचिवको जिम्मेवारी नेरेसोका कानुन संयोजक विजय दाहाललाई दिइएको छ ।

यही असार ६ गते शुक्रबार बसेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको २७६ औँ बैठकले संस्थाको कानूनी आधार बलियो बनाउन सो निर्णय गरेको हो ।