मोरङमा चट्याङ लागेर दुईजनाको मृत्यु

824
views

मोरङ । मोरङको रंगेलीमा बुधबार अपरान्ह चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । दुई बजेर ५० मिनेटमा हावाहुरी सहित चटयाङ पर्दा रंगेलीका १४ वर्षीय अभत श्रृषिदेव र अनिल श्रृषिदेवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली बजारमा घुम्दै रहेका अभत र अनिल चटयाङको चोटले सडकमा ढलेका थिए ।

स्थानीयहरुको सहयोगमा प्रहरीले तत्काल दुबैलाई रंगेली अस्पताल पुर्याइएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।