रुपन्देहीमा पाँचवटा बुद्धका मूर्ति तोडफोड

799
views

रुपन्देही, २, साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सिद्धार्थ राजमार्गको बगैंचा क्षेत्रका भगवान गौतम बुद्धका मूर्तिहरू गएराति तोडफोड गरिएको छ । तिलोत्तमा नगरस्थित शंकरनगर चोकदेखि नयाँ मिलसम्मका पाँच वटा बुद्धका मूर्ति अज्ञात समुहले तोडफोड गरेका हुन् ।

तोडफोड गरिएकामध्ये एउटै मूर्तिको तौल १ सय १० किलो छ । सो क्षेत्रमा तिलोत्तमा नगरपालिकाले २२ वटा बुद्धमूर्ति राखेको थियो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

मूर्ति तोडफोडमा संलग्नको पहिचान भने हुन सकेको छैन । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको झल्को दिनका लागि नगरपालिकाले गत आर्थिक वर्षमा सुनौला रंगका मूर्तिहरु राखेको थियो ।