काठमाडौं, २ साउन । समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको भन्दै लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गर्दै लोकसेवा आयोगको कार्यालय अगाडी प्रदर्शन गरिएको छ ।
प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपमा दुई जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ । केही दिनदेखि संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै आरक्षण बचाऔं आन्दोलनले विभिन्न प्रदर्शन गर्दै आएको हो ।