बाढीपहिरो पीडितलाई रेडक्रसको राहत तथा सर्वेक्षण

795
views

पर्वत । मनसुन सुरु भएपछि ९० हजार परिवारका करिब चारलाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएका नेपाल रेडक्रसको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । रेडक्रसले ४० हजार घरहरुमा क्षति पुगेको अनुमान गरिएको छ । यो तथ्याँक बढी प्रभावित देशका ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरणमा आधारित हो ।

बुधवारसम्म नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण गरिएको छ । रेडक्रसले ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरेको छ । रेडक्रसद्वारा उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेको बताउनुभयो ।

शुक्रबारसम्म प्रारभ्भिक द्रुत सर्वेक्षणको प्रतिवेदन तयार
नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताउनुभएको छ । निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतिजा आउने बताउनुभयो ।

यसैबीच, प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण सुरु गरिएको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ टोलि पुगको छ ।

स्वास्थ्य समस्या बढ्न नदिन सहयोग
डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै रहेकोले प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलवा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो“सर्पदंशबाट वच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो शन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै शन्देशहरु प्रभावकारी हुन्छन् ।” पानी सुद्धिकरणको लागि एकलाखवटा ट्यावलेट र सरसफाई प्रवर्धन को लागि पाँचसय सावुन प्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

आपतकालीन तटबन्धको लागि सहयोग
अविरल बर्षा सुरु भएसँगै शुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा ८०० वोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् ।