जिल्ला अस्पताल पर्वतमा मृगौलाको डायलाईसिस र प्रत्यारोपण

550
views

निर्मल पौडेल
पर्वत, २, भदौ । जिल्ला अस्पताल पर्वतमा अव मृगौलाको डायलाईसिस र प्रत्यारोपण सेवा शुरु हुने भएको छ । कहिले औषधी त कहिले चिकित्सको अभावमा आलोचना संगै रिफर सेन्टरको उपमा पाउँदै आएको अस्पतालमा अव वाट मृगौला रोगको सम्पुर्ण उपचार हुने भएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु १० लाख वजेट विनियोजन गरेपछि डायलाईसिस र प्रत्यारोपण सेवा सुरु गर्ने कार्यलाई अगाडी वढाईएको अस्पताल विकास तथा व्यवस्थापन समितीका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिएका छन् ।

प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख वजेटले डायलाईसिस कक्षको व्यवस्थापनमा मात्र खर्च हुने भएको पहाडीले वताए । पहाडीका अनुसार प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत नीतिगत अनुमती पश्चात डायलासिस सेवा सुचारु गर्न जुटेको अस्पताल लाई विभिन्न संघ संस्था, दातृ निकाय र व्याक्तिहरुको सहयोगमा कम्तिमा ५ वटा मेशिन खरिद गरी सेवा सुचारु हुनेछ ।

यो सेवा सुचारु भएसंगै यस भेगका मृगौला पीडितहरुलाई अन्यत्र गई पालो कुरेर उपचार गराउनु पर्ने वाध्यताको अन्त्य हुने पहाडीको भनाई छ । अस्पतालको अन्य विकास संगै डायलाईसिस र प्रत्यारोपण सेवा सुरु गर्नका लागि सवैमा सहयोगको अपिल समेत पहाडीले गरेका छन् । यो सेवा पश्चात प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय वाट स्वीकृत वजेटबाट यसैवर्ष डिजिटल एक्सरे, अत्याधुनिक भिडियो एक्सरे, सोडिएम पोटासियम एनालाईजर, वायोकेमेस्ट्रि, ई सी जी मेशिन कार्डियो मोनिटर लगायतका औजार तथा थप उपकरण थप गर्ने ओजना रहेको पहाडीले वताए ।

यसैगरी स्वास्थ्य विमा कार्यक्रम, अप्रेशन सेवालाई थप प्रभावकारी वनाउने,नर्सिङ क्वाटर तथा अस्थाई प्रसाशनिक भवन निर्माण गर्ने, पोषण पुर्नस्थापना गृहको क्षमता विस्तार गर्ने तगा गुणस्तर वृद्धीका लागि डाक्टरको प्रत्यक्ष निगरानीको व्यवस्था मिलाउँदै विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गर्ने लगायत अन्य महत्वपुर्ण ओजना रहेको अस्पताल स्रोतले वताएको छ । खस्कँदो अवस्थामा रहेको अस्पतालमा आँफू अध्यक्ष भएर आएसंगै धेरै मात्रमा सुधार संगै सेवा सुविधाका कार्यहरु गरेको पहाडीको दावी छ ।