प्रधानमन्त्री आज सिंगापुर जाँदै

694
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फ्लोअपका लागि आज सिंगापुर जाँदैछन् । एक साता उपचार गराएर स्वदेश फर्केका प्रधानमन्त्री फलोअपका लागि पुनः सिंगापुर जान लागेका हुन् । बिहीबार दिउसो साढे १ बजे उनी सिंगापुर उड्दैछन् ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको फलोअप हुनेछ । प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वीकय सचिव राजेश बज्राचार्यसहितको टोली प्रधानमन्त्रीको साथमा हुनेछ ।