पर्वतको खुर्कोटमा पहिरो : एकजनाको मृत्यु

1108
views

पर्वत । कुस्मा नगरपालिका वडा नं–२ खुर्कोटमा पहिरोले एक घर पुरिंदा एक जना बेपत्ता भएका छन् ।

गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा बेपत्ता भएका ७० वर्षीय रेमबहादुर चालिसे मृत भेटिएका छन् । 

पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घरभन्दा माथि रहेका सिँचाइ कुलोमा अत्यधिक पानी लगाएका कारण पहिरो गएको प्रहरीको अनुमान छ ।