प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान (विज्ञप्ति सहित)

1167
views

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य जाँच तथा उपचारको फलोअपका लागि सिंगापुर प्रस्थान गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री ओली सिंगापुरतिर लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाइको अवधि तय नभएको जानकारी दिएका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहितको टोली छन् ।

 

स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए । यसपटक पनि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल ९एनयुएच० मा उनको स्वास्थ्य जाँच फलोअप हुनेछ ।