राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

743
views

काठमाडौं, ५, भदौ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रपति विद्यादेवि भण्डारीबीच शिष्टाचार भेट भएको छ । जयशंकरले राष्ट्रपति भवन शितलनिवासमा भेट गरेका हुन् ।

उनले यसअघि पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका छन् । पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिनाथको दर्शन गरेका थिए । जयशंकरले पशुपतिमा पुजा समेत गरेका थिए ।

उनले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनी आजै दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ ।