विप्वलका नवलपुर जिल्ला सेक्रेटरी पक्राउ

875
views

नवलपरासी । विप्लव नेकपाका नवलपरासी जिल्ला सेक्रेटरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विप्लवका नवलपरासी जिल्ला सेक्रेटरी विरबहादुर थापालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई चितवन र नवलपरासीको सिमाना नारायणी पुलबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । यसअघि उनकै घरबाट विरबहादुर थापा भनेर उनका छोरालाई पक्राऊ गरेको थियो । थापा माओवादी जनयुद्धदेखि माओवादीका सक्रिय कार्यकर्ता हुन् ।