नेपाल विद्यर्थाीसंघको मुखपत्र ‘विद्यार्थी सन्देश’ को विमोचन

889
views

सुर्खेत । नेपाल विद्यार्थी संघ कालिकोट–सुर्खेत सम्र्पक समितिद्वारा प्रकाशित ‘विद्यार्थी सन्देश’ मुखपत्रको विमोचन गरिएको छ । उक्त मुखपत्रको विमोचन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थीहरुको साझा समस्यामा आफुहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले ‘विद्यार्थी सन्देश’ मा उजागार हुने विषयवस्तुले विद्यार्थीको आवाज उठाउँदै देशहितमा प्रेरित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा इश्वर बिष्ट, खडक बिसी, अनिल बहादुर शाही, धिरेन्द्र सापकोटा, एमुना सापकोटा, राजकुमार सिजापती, राजाराम ऐडि, रितुराज रिजाल, लोकेश आर्सी लगायत बिश्वबिद्धालयका नेता सविन चालिसे, राकेश यादव, दिपक भट्टराई, भुपेन्द्र आचार्य, सुरेन्द्र जैशीले बर्तमान सत्ताको नेतृत्व गरिरहेको कम्युनिष्ट सरकारले सर्वसाधारणमाथी ज्यादतीपूर्ण काम गरेको आरोप लगाए ।

वक्ताहरुले हत्या, हिंशा, बलत्कार र सामाजिक अपराधका गतिविधिहरुमा सरकार निर्लज्ज बन्दै आएको भन्दै यसका विरुद्ध चौतर्फी घेरावन्दी र खवरदारी गर्न आवश्यक रहेको बताए ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा भएको उक्त कार्यक्रमको आयोजना नेपाल विद्यार्थी संघ सुर्खेत सम्र्पक समितिले गरेको अध्यक्ष सुरेन्द्र काफ्लेले जानकारी दिए ।