पुडासैनी प्रकरणः अस्मिता कार्कीको बयान शुरु

724
views

चितवन, ८, भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भए लगत्तै बयान सुरु भएको छ ।

अदालतमा अहिले अस्मिता कार्कीबाट बयान सुरु भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । न्यायधिश हेमन्त रावलको इजलासमा एक र एक जनाको पालैपालो बयान सुरु भएको हो ।

अस्मिताको बयान सकिएपछि रवि लामिछाने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि मात्रै हुनेछ ।

पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए। गत वर्ष भाद्र १ गतेदेखी लागु भएको मुलुकी ऐनमा व्यवस्था भए अनुसार आत्महत्या दुरुत्साहनको मुद्दा प्रमाणित भएमा पाँच वर्षसम्म कैद र पचास हजार जरिवाना हुने कानुनी प्रवधान छ ।