रवि समर्थक ११ प्रर्दशनकारी प्रहरी नियन्त्रणमा

478
views

चितवन, ९, भदौ । सिधा कुरा जनतासँग कार्यक्रमको प्रस्तोता रविको रिहाईको माग गर्दै सडकमा आएको रवि समर्थकहरुले भरतपुरको पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सो क्रममा ११ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले अहिले पनि भरतपुरको मुख्य राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले चितवन मेडिकल कलेज अगाडि, भरतपुर एयरपोर्ट अगाडि टायर बालेर प्रर्दशनलाई जारी राखेको चितवनबाट हाम्रा संवाददाता सञ्जय तिवारीले जानकारी दिएका छन् ।