रविलाई ५ लाख, कँडेललाई ३ लाख र कार्की साधारण तारेखमा रिहा

784
views

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन् । उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले न्युन धरौटीमा तारेखमा रिहा गरेको हो ।

रविसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की धरौटीमा रिहा भएका हुन् । रिहाइको आदेश भएपनि उनीहरुले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् । उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन् ।