‘रेडक्रसलाई माया गरौँ’

639
views

काठमाडौं, १९, भाद्र । मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” भन्ने मूल सन्देशका साथ विविध गतिविधिको आयोजना गरी नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५७ औं स्थापना दिवस मनाउँदै छ । यस अवसरमा देशभरीका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५ सयभन्दा बढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन ।

केन्द्रीय मूल कार्यक्रमको रुपमा आज विहानैदेखि शुभेच्छा कार्यक्रम, सम्मान, पुरस्कार तथा प्रतिभा प्रदर्शनका साथै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यस अवसरमा फोटो प्रतियोगिता, फूटबल, चेसलगायतका खेलकुद प्रतियोगिता, सरसफाई कार्यक्रम सम्पन्न भैसकेका छन् ।

२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याँउदै आएका छन् । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरु रहेका छन् ।

संसारमा प्रेममय भावनाको विकासगराउने उद्देश्यले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ स्थापनाको १०० वर्ष पुगेको अवसर पनि यसैवर्ष परेको छ । सो सन्दर्भमा विश्वभर रेडक्रसका १ करोड १७ लाख स्वयंसेवकहरुले गरेको मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउन यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाउँदछ ।