⌊गजल⌋
-निर्मल पौडेल एन.पी घायल
दिनमा जुन र रातमा घाम लाए के हुन्छ ।
त्यो सुर्यनी पश्चिम वाट उदाए के हुन्छ ।।
त्यतीवेला यो देशमा परिवर्तन हुनसक्छ ।
उस्लाई हाम्ले नाकावन्दी लगाए के हुन्छ ।।
शिकारी भन्ठान्छौ शिकार गर्न सक्ने गर्नु ।
वुझ्नु विरालाले वाघ गिज्याए के हुन्छ ।।
मरिहत्ते गर्छौ यार कागजी नोटको लागि ।
अन्तिम पल पैसाले मृत्यु वँचाए के हुन्छ ।
साइनो एक पलको जीवनभर झझल्को ।
कसैका याद वाट वच्ने उपाए के हुन्छ ।
कुस्मा पर्वत ।