फोहोर व्यवस्थापन गर्न नसक्दा कान समाएर माफी

2769
views

गोपाल जिसी
पर्वत । कुश्मा नगरपालिकाको फोहोर व्यवस्थापनमा लापरवाही भएपछि फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाका प्रमुखले कान समाएर माफी मागेका छन । नगरपालिकासँग सम्झौता गरी फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्था सेक्रेड नेपालका प्रमुख टिकाराम भुसालले माफी मागेका हुन ।

नगरभित्रका उपभोक्ताले संस्थाले फोहोर व्यवस्थापनमा चर्को शुल्क लिएको तर कुहिने फोहोरको व्यवस्थापन होला भन्दा सडकमै दुर्गन्ध फैलिएपछि फोहोर व्यवस्थापनको नियम सिकाउन आएका भुसाललाई सडकमै माफी मगाएका हुन ।

उपभोक्ताले फोहोर व्यवस्थापनमा लापरवाही भएको र कर तिरेपनि व्यवस्थित नभएको भन्दै विरोध जनाएपछि सेक्रेड नेपालका प्रमुख टिकाराम भुसालले ऐन नियम भन्दा बाहिर गएर फोहोर व्यवस्थापन गर्न नसकिने जनाउँदै नगरवासीसँग कान समाएर सडकमा उठबस गर्न वाध्य बनेका हुन ।

कुश्मा नगरपालिकाले सेक्रेड नेपाललाई फोहोर व्यवस्थापनको जिम्मा लगाएपछि सेक्रेड नेपालले फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

उपभोक्तासँग चर्को शुल्क लिएर पनि फोहोर व्यवस्थापन नभएको, कुहिने फोहोरले सडक नै र्दुगन्ध भएको तथा प्लाष्टिकजन्य पदार्थमा राखिएको कुहिने फोहोर संकलन गर्दा कुहिएको फोहोर गाडीबाट चुहिएर सडक दुर्गन्धित बनेको र फोहोर संकलित प्लाष्टिक सडकमै फालिदिने गरेको भन्दै त्यसको व्यवस्थापन गर्न माग गरेका थिए ।

नगरवासीले सरकारी निकायले व्यवस्थापन गर्नुपर्ने फोहोर एनजिओलाई दिंदा एनजिओले पैसाको मोह बढाएको तर फोहोर व्यवस्थापनको सट्टा झन दुर्गन्ध बढाएपछि नगरवासीले विरोध गरेका हुन ।

https://www.facebook.com/908450189485950/videos/726993204448432/

फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाका प्रमुख भुसालले नगरपालिकासँग भएको सम्झौता अनुसार नै काम गर्नुपर्ने वाध्यता भएको र सम्झौता भन्दा बाहिर गएर कर्मचारी राख्न समेत नसकेको बताएका थिए ।