१४ वर्षिय बालिका बलात्कार आरोपमा एकजना पक्राउ

811
views

पर्वत । पर्वतको मोदी गाउँपालिकाबाट १४ बर्षिय बालिका बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । परिवर्तित वतन जिल्ला ४४ स्थित भैँसी गोठमा बर्ष १४ की परिवर्तित नाम कालीगण्डकी (५०) लाई मोदी गाउँपालिकाका–५ का प्रकाश विकले जबरजस्ती करणी गरेको पक्राउ गरेको सूचना अधिकृत एवं प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रकाश विकलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले तत्काल पक्राउ गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

विकलाई करणी सम्बन्धी कसुर अन्तर्गत जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान भईरहेको रायमाझीले जानकारी दिए ।