वडा अध्यक्षको घरमा बम विस्फोट

568
views

पोखरा, ९, मंसिर । पोखरामा वडा अध्यक्षको घरमा बम विष्फोट भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ३३ का वडाध्यक्षको घरमा अज्ञात समुहले बम विष्फोट गराएको प्रहरले जनाएको छ ।

वडा अध्यक्ष शिव आचार्यको घरमा आज बिहान पौने ३ बजे बम बिस्फोट गराएको प्रहरीले जनाएको छ । कास्कीमा उपनिर्वाचनको पूर्वसन्ध्यामा बम विस्फोटको घटना भएको हो । विस्फोटबाट वडाध्यक्षको गाडी क्षतिग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१७ बिरौटास्थित आचार्यको घरको कम्पाउन्डमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडी बमले क्षतीग्रस्त भएको हो ।