चारसय ९१ जना प्राविधिक अफिसियल पोखरा आउने, सजिदैँ रंगशाला

465
views

पोखरा, ९, मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को लागि ४ सय ९१ जना प्राविधिक तथा अफिसियल पोखरा आउने भएका छन् । मंसिर १५ गते देखि आयोजना हुने सागको खेल संचालनका लागि पोखरा आउने भएका हुन । पोखरामा हुने विभिन्न ८ खेलका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल आउने भएका हुन ।

पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथा जज ८५ जना, राष्ट्रिय रेफ्रि एकसय ३६ जना, टेक्निकल सहायक एकसय ९४ जना गरी ४ सय ९१ जना खेल संचालनको लागि टेक्निकल टोली पोखरा आउने भएका हुन ।

पोखरामा हुने महिला क्रिकेटको लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउने भएका हुन ।

सागको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक्निकलटोली समेत पोखरामा खेल संचानलका लागि आउँदैछन । पोखरामा हु्ने प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम समेत निकै अघि बढेको छ । रंगशालाको मुख्य प्रवेश द्घार देखि नै सजावटको काम अघि बढीरहेको बेला सजावटको कामलाई प्राथमिकतामा राखेर कामहरु अघि बढाएको राखेप सदस्य राजेश गुरुङले बताए ।

पोखरा रंगशालामा अहिले पुर्वाधार निमार्णको कार्य तिव्रताकासाथ अघिबढेको छ । साग आउन ६ दिनमात्र बाकीँ रहेको बेला । रंगशालाभित्र रहेको पुर्वाधारहरुमा रंग रोगन गर्ने देखि लिएर अव्यवस्थित रहेको खाली जग्गालाई समेत सम्याउने देखि गार्डेन बनाउनेसम्मका कामहरु भएका छन ।

पोखरामा साग संचालन गर्नको लागि व्यवस्थापन देखि लिएर अतिथि सत्कारको लागि समेत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । रंगशाला छिर्ने मुख्यद्धारको दुवै छेउमा फुलहरु समेत राखिएको छ । पोखरामा मंसीर १६ गते हुने विदेशी खेलाडी तथा पाहुँनालाई भव्य स्वागतको कार्यक्रम समेत रहको छ ।

समारोह समिति अन्तरगत रहेको झाँकी व्यवस्थापन समितिले मंसीर १६ गते गण्डकी प्रदेशभित्र रहेका विभिन्न जातजातीहरुको जातीय पोशाकसहित झाँकी सहितको प्रदर्शन गरि भव्य रुपमा खेलाडी तथा पाहुनालाई स्वागत गर्ने कार्यक्रम रहेको उक्त समितिका संयोजक निरज थापाले जानकारी दिए ।