काठमाडौँ, १०, मसिंर । प्रधानमन्त्री केपी शर्मा ओली फेरि पनि अस्पताल भर्ना भएका छन् । परीक्षणका क्रममा प्रधाानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएपछि अस्पताल भर्ना गरिएको छ । अस्पतालले एपेन्डिसाइटिस भएपछि अपरेसनको तयारी गरेको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका थिए । ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।यसअघि प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलायसिस गर्दै आएका थिए ।