प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन

834
views

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको अप्रेसन सकिएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले जानकारी दिए.

नियमित स्वास्थ्य परीक्षणमा रहेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको हो ।