दैलेखमा माइक्रोबस दुर्घटना हुँदा तीनको मृत्यु

672
views

दैलेख । दैलेखको गुराँस गाउँपालिका–४ घोडावासनजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी माइक्रोमा यात्रारत अन्य १४ जना घाइते भएका छन् ।

सुर्खेतबाट दैलेख जाँदै गरेको गरेको भे.१ज १०२९ नम्बरको हाइस शुक्रबार बिहान दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो ।

घाइतेको उद्धार गरेर उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।