उत्तरी हुम्लामा हिमपात सुरु

635
views

हुम्ला, १३, मङ्सिर । उत्तरी हुम्लामा बिहीबारदेखि हिउँ पर्न सुरु भएको छ । अत्यधिक चसो बढेसँगै हिमपात सुरु भएको हो । विहिवार राति ८ः०० बजेबाट हिमपात सुरु भएको स्थानियको भनाई छ ।

सिमकोटमा यसपालि पहिलो हिमपात हो । हिमपात शुक्रबार बिहानसम्म परेको छ । हिमपात भएपछि बिहानको तापक्रम पनि माईनस तीन डिग्री पुगेको छ । यो हिमपात जिल्लाको माथिल्लो क्षेत्रमा बढी भएको प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईको भनाई छ ।

विशेष गरि अग्ला क्षेत्रहरु सिमकोट गाउँपालिकाको रलिङ, पंचमुखी, चाङला हिमालमा बढी हिमपात भएको छ भने नाम्खा गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको छ ।