लैङ्गिक हिंसा न्यूनीकरणका लागि जनचेतना

701
views

पर्वत, १६, मंसिर । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ७, लिमिठाना स्थित श्री लिमिठाना माध्यमिक विद्यालयमा प्रहरी चौकी फलेवासको आयोजना र विद्यालयको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

विद्यलयमा अध्ययनरत कक्षा ८ र ९ का विधार्थीहरुलाई लैङ्गीक हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यम प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा फनपा–७ का वडाध्यक्ष हरिराम रेग्मी, प्रहरी चौकी फलेवासका प्रहरी हवल्दार डोल बहादुर सर्तुनङ्गी, स्थानिय जनप्रतिनिधी, समाजसेवी लगायत सोही विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लैङ्गिक हिंसाले समाजमा पर्न गएको असर, यसको न्यूनीकरण र यस सम्बन्धीत प्रचलित ऐन नियम, आधारभुत सुरक्षा, डायल १०० जस्ता विषयहरुमा जानकारी गराइएको थियो ।