बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

944
views

काठमाडौं, १६, मंसिर । बलात्कार अभियोग लागेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरी पक्राउ परेका छन् ।

सुनसरी जिल्ला प्रहरी कार्यालयले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको हो । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।

गत कात्तिक ४ गते आफुलाई बलात्कार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि प्रहरीले यसबारे अनुसन्धान शुरु गरेको हो ।