महिला र पुरुष साइकिलिङ डाउनहिलमा नेपाललाई स्वर्ण र रजत

675
views

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार गोकर्णमा भएको साइकिलिङ डाउनहिल स्पर्धामा पुरुषतर्फ नेपालका राजेश मगरले स्वर्ण पदक जितेका छन् । यसै इभेन्टको महिलातर्फ पनि नेपालकी निष्मा श्रेष्ठले स्वर्ण जितिन् ।

गोकर्णमा भएको खेलमा पुरुषतर्फ मगरले १ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै निरव श्रेष्ठले १ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका छन् ।

यस्तै महिलातर्फ श्रेष्ठले स्वर्ण र जमुना थापाले रजत पदक जितेका हुन् ।